दार्चुलामा दुई हजार पाचँ सय भन्दा बढीको कोरोना परीक्षण हालसम्म ५६ जनामा कोरोना संक्रमण पुष्टि 

४ बर्ष अघि

२0७७ भाद्र २९ सोमबार

दार्चुलामा दुई हजार पाचँ सय भन्दा बढीको कोरोना परीक्षण हालसम्म ५६ जनामा कोरोना संक्रमण पुष्टि 

दृष्टिकोण समाचार भदौ २९ दार्चुला । दार्चुलामा २ हजार ५ सय भन्दा बाढीको कोरोना परीक्षण गरिएको छ । हालसम्म २ हजार ५ सय १३ जनाको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।स्वाब संकलन गरिएकामध्ये हालसम्म २ हजार ४ सय ४७ जनाको कोरोना रिर्पोट निगेटिभ आएको छ । प्राप्त रिपोर्ट अनुसार ५६ जनामा मात्रै कोरोना पुष्टि भएको सूचना अधिकारि कार्कीले बताउनु भयो । संक्रमण पुष्टि भएका ५६ जनामध्ये पनि ५२ जनाले कोरोना जितिसकेका छन भने ४ जना संक्रिय संक्रमित रहेका  छन । गएको २४ घण्टामा  ३८ जनाको स्वाव संकलन गरिएको छ । । दार्चुला जिल्लाभरि कोरोना संक्रमित विरामीहरुका लागि १७ वटा सामान्य बेडहरु रहेका छन भने १ सय ६६ वटा आइसोलेलन बेडको ब्यवस्थापन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।कोरोना संक्रमणका गम्भीर विरामीहरुको उपचारको लागि आवस्यक पर्ने भेन्टीलेटर र आइसियू बेडहरु दार्चुलामा एउटा पनि नरेहेको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।दार्चुलामा हाल ४१ जना ब्यक्तिहरु संस्थागत क्वारेन्टाइनमा र १४ जना ब्यक्तिहरु होम क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका ७३ वटा क्वारेन्टाइनहरुमा २ हजार ४१ बेडसंख्या रहेको स्वास्थ कार्यालय दार्चुलाले जनाएको छ ।