बालअधिकार दिवस सबैलाई हात धोएर मनायो 

४ बर्ष अघि

२0७७ भाद्र २९ सोमबार

बालअधिकार दिवस सबैलाई हात धोएर मनायो 

दृष्टिकोण समाचार भदौ २९ दार्चुला । दार्चुला जिल्लामाको मालिकार्जुन गाँउपालिका वडा नं. ७ का महिलाहरु समाज सुधारमा लागेको छन । राष्ट्रिय बालअधिकार दिवसको अवसरमा बालबालिकाहरुलाई हात धुन सिकादै दिवस मनाएका छन् । चुलो चौकोमा मात्र सिमित नरहेर महिलाहरु समुह बनाएर टोलटोलमा समाज परिवर्तनका लागि नागरिकलाई सचेत गराउदै अगाडि बढन थालेका हुन । विपदमा बाल अधिकार सुनिश्चितता ः हामी सबैको प्रतिवद्धता भन्ने मुल नाराका साथ समौजि महिलाल सशक्तीकरणले बालबालिकालाई हात धुने तथा सरसफाईका बारेमा जनचेतना फैलाई दिवस मनाएका हुन । पछिल्लो समय गाँउ गाँउमा गई बालबालिकाको अधिकारका र  महिलाको अधिकारका बारेमा महिला समुह हरुले काम गरिरहेका छन् । स्यानै उमेरमा विबाह गर्नु हुदैन, पढाई लेखाइ गरि लबालिकाको भविष्य सुधार गर्ने कुरामा  जनचेतना फैलाउने काम गरिरहेको समैजि  महिला सशक्तिकरणका अध्यक्ष आसा धामीले जानकारी दिनु भयो । समाज सुधारका लागि स्थानीय तहहरु संग सहकार्य गरि समाजमा महिला तथा बालकालिकाहरुको अधिकारका बारेमा अवाज उठाउदै आएका छन । सोमबार समैजि महिला शसक्तीकरण जोलजीविले बालबालीकालाई कोरोना भाईसर तथा अन्न सरुवा रोगबाट बच्न सरसफाईमा ध्यान दिन अभिभावक  तथा बालबालिकालाई सचेत गराएका छन भने  बालविबाह रोक्नका लागि समाजमा जनचेतना दिन टोलटोलमा गई काम गरिरहेको संकल्प दार्चुलाका समाजिक परिचालिका अर्चना चन्दले जानकारी दिनु भयो । त्यसैगरि बालअधिकार दिवसको अवसरमा व्याँस गाँउपालिकामा रहेको भुमिराज महिला शसक्तिकरण समुहले पनि टोलटोलमा गई बालबालिकाहरुलाई हात धुने तथा सरसफईका बारेमा जनचेतना मुलक सन्देश दिएको संकल्प दार्चुलाका समाजिक परिचालिका कलावति धामीले बताउनु भयो ।