दृष्टिकोण समाचार भदौ २९ दार्चुला । दार्चुला जिल्लामा रहेको नेपाली सेनाको दुर्गादल गुल्मले कोरोनाका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन सम्बन्धी अभ्यास प्रर्दशन गरेको छ । कोरोना भाईरस कोभिड —१९ का कारण मृत्यु भएकाहरुको सुरक्षित रुपमा शवलाई अन्तिम संस्कार गर्दा भाइरसबाट बचेर शब व्यवस्थापन गर्न डेमो प्रर्दशन गरिएको हो । सोमबार जिल्ला स्थित सरोकारवालाहरुको उपस्थितिमा दुर्गादल गुल्मले शव व्यवस्थापनको तालिम प्राप्त जनशिक्तहरुबाट अभ्यास गरेका छन् । कोरोना भाईरसका कारण मृत्यु भएको व्यक्तिको सम्पर्कबाट भाईरस अन्य व्यक्तिहरुमा सर्न नदिन सुरक्षित भएर शवको अन्त्येष्टि गर्र्दा सुरु देखि अन्तिम चरण सम्मको अवस्थाको अभ्यास गरिएको हो । दार्चुला जिल्लामा हालसम्म कोरोना भाईरसबाट ५६ जनाको पीसिआर पोजेटिभ भएकोमा ५२ जना निको भई घर फर्किसकेका छन् भने ४ जना जिल्लाका विभिन्न आईसोलेशनमा रहेका छन् । जिल्लामा कोरोनाका कारण मृत्यु भईहालेमा शव अन्तेष्टिको पूर्व तयारीको सरुप डेमो प्रदशर्न गरिएको नेपाली सेना दुर्गादल गुल्म दार्चुलाका गुल्मपति विक्रमदेब थापा बताउनु भयो । दार्चुला जिल्लामा कोरोनाका कारण मृत्यु भईहालेमा शव गाड्ने स्थान तथा जिल्लाका सबै पालिकाहरुमा उद्दार टोली पुग्न सक्ने किसिमले तयारी गरिएको छ ।