गाँउ गाउमा महिलाहरु समुह बनाएर समाज सुधारका काममा अग्रसर बन्दै 

४ बर्ष अघि

२0७७ भाद्र २९ सोमबार

गाँउ गाउमा महिलाहरु समुह बनाएर समाज सुधारका काममा अग्रसर बन्दै 

दृष्टिकोण समाचार भदौ २९ दार्चुला । दार्चुला जिल्लाकाका महिलाहरुले गाँउमा समुह बनाएर समाज सुधार गरिरहेका भएपनि समुदायिक भवन नहुदा गफ गर्ने चौतारी भनेको खुल्ला चौर तथा विभिन्न रुखहरुको छहारी छन्  । रुखमुनी बसेर गाउँको समस्या र आफ्नो अधिकारबारे छलफल गरेको पनि दुई वर्ष बढि भयो माग गरेको करिव २ बर्ष भन्दा बढि हँुदा सम्म पनि सामुदायिक भवन बनाउन नसक्दा समस्या हुने गरेको छ ।  
महिनामा ३÷४ दिन फुर्सद निकालेर गाउँको समस्या र विकास निर्माणबारे चासो दिईन्थो अहिले महिला अधिकारबारेमा सजग भएर छलफल गर्न थालेका छौं तर छलफल गर्न समुदायिक भवन बनाउन नसक्दा समस्या हुने गरेको स्थानीय नन्द कुवरले बताउनु भयो । 
हामीले सामूहिक रुपमा छलफल गर्न बैठक बस्न सामुदायिक भवन पटक पटक माग गर्दै आइरहेका छौ, तर भवन बन्न सकेको छैन् । भवन माग प्रक्रिया सबै पूरा गरी सक्दा पनि  कुनै निकायबाट सहयोग नपाएको कुवरको भनाई छ । 
विगतमा चुल्हो चौकामा सीमित महिलाहरु अहिले गाउँको समस्या, विकास निर्माण र आफ्नो हक अधिकारबारे खुलेरै समूहमा छलफल गर्ने गरेका छौ, स्थानीय मिना  कुवरले भन्नुभयो, अहिले दैनिक ३÷४ घण्टा गाउँ समाजको समस्याबारे, छलफल गर्छौ । संकल्प दार्चुलाबाट टोसा कार्यक्रम लागु भएपनि सिमानदीमा फोहोर व्यवस्थापन, खानेपानीको मुहान संरक्षण लगायतका कुरामा स्थानीय सरकार तथा अन्य निकायहरुसित सहकार्य गरि माग गर्न सजिलो भएको स्थानीय सिमा कुवरले बताउनु भयो । 
गत वर्ष सुधारिएको गोठ निर्माण, तिगरम पहिरो क्षेत्रमा वृक्षारोपण, सार्वजनिक शौचालय निर्माणमा महिला समिति बनेर काम गरेका छन् । महिलाले काम गर्दा सजिलो हुने र महिलाको सहजताका लागि योजना माग गर्न पनि सहयोग पुगेको भुमिराज महिला शसक्तीकरण तिग्रम धौलाकोटकी सदस्य धाना कुवरले बताउनु भयो । दुई वर्ष अघि संकल्पमार्फत यो क्षेत्रमा महिला सशक्तिकरण केन्द्र गठन भयो 
व्याँस गाउँपालिकाले पनि चालू आर्थिक वर्षमा सामुदायिक भवन निर्माण प्राथमिकतामा राखेर बनाइदिने प्रतिबद्धता जनाएको संकल्प दार्चुलाद्धारा सञ्चालित टोसा कार्यक्रमका सामाजिक परिचालक कलावती धामीले बताउनुभयो । 
गाउँपालिकाले भने चालू आर्थिक वर्षमा बजेट अपुग हुने भन्दै तत्काललाई सो समूहलाई सीप मूलक कार्यक्रम सञ्चालनको लागि बजेट दिने तयारी गरेको छ । समूहको नाममा जमिन प्राप्तिपछि आगामी वर्षभित्रै भवन निर्माणको लागि समेत बजेट विनियोजन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।