नेपालमा थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३ हजार १ सय २० पुग्यो ।

४ बर्ष अघि

२0७७ भाद्र २७ शनिबार

नेपालमा थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३ हजार १ सय २० पुग्यो ।

काठमाडौं भदौ २७ । नेपालमा थप १२ सय १ जनामा कोरोना भाइरस कोभिड—१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १ सय ७६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ । उनीहरुमध्ये ३ सय ३६ जनाको मृत्यु भएको छ । भने ३७ हजार ५ सय २४ जना संक्रमित मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८ सय ५२ जना डिस्चार्ज भएका छन् ।