विश्वभर २ करोड ५ लाख ७० हजार बढी मानिस कोरोना संक्रमणमुक्त 

४ बर्ष अघि

२0७७ भाद्र २७ शनिबार

विश्वभर २ करोड ५ लाख ७० हजार बढी मानिस कोरोना संक्रमणमुक्त 

काठमाडौं भदौ २७ । विश्वभरका कोरोना भाइरस संक्रमितमध्ये २ करोड ५ लाख ९० हजार ९४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । विश्वमा संक्रमितको संख्या २ करोड ८६ लाख ४७ हजार ४७७ पुगेको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९ लाख १९ हजार ५१२ पुगेको छ । अहिले ७१ लाख ५७ हजार १६ जनाको विभिन्न अस्पताल तथा आइसोलेनमा उपचार भइरहेको छ । उपचाररतमध्ये ६० हजार ८८४ जनाको अवस्था गम्भीर छ । २४ घण्टाको तथ्यांक हेर्दा विश्वभर ३ लाख ४ हजार १०३ संक्रमित थपिएका छन् भने संक्रमित ५ हजार ६८३ जनाले ज्यान गुमाएका छन् ।