भक्तपुरमा एकाघरका तीनै जनाको मृत्यु 

४ बर्ष अघि

२0७७ भाद्र २७ शनिबार

भक्तपुरमा एकाघरका तीनै जनाको मृत्यु 

काठमाडौं भदौ २७ ।  शुक्रबार साँझ भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरामा एउटै घरभित्र एकै परिवारका तीन जनाको शव भेटियो । प्रहरीका अनुसार ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव भेटिएको हो ।  घटना लगत्तै प्रहरीको महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवी र महनगरीय प्रहरी परिसर भक्तपुरको टोलीले घटना के थियो भन्ने विषयमा अनुसन्धान थालेको छ ।अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार अहिले प्रहरीले तीनै जनाको शव पोष्टमार्टमका लागि पठाएको छ । घटनास्थलमा भेटिएका वस्तुहरुलाई नेपाल प्रहरीको फरेन्सिक ल्याबमा परीक्षणको लागि पठाइएको छ । ३ जनाको पोष्टमार्टम र फरेन्सिक ल्याबको अनुसन्धानपछि घटनाको रहस्य खुल्ने प्रहरीको भनाइ छ । घटना हत्या पछि आत्महत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक निश्कर्ष छ । घटनाको अनुसन्धानमा जुटेका महानगरीय अपराध महाशाखाका एक अधिकारीले भने ‘घटनास्थलको अनुसन्धान र घटनाको प्रकृती हेर्दा पहिले हत्या अनि त्यसपछि आत्महत्या भएको हो की भन्ने अनुमान गर्न सकिन्छ । तर, अनुसन्धानकै क्रममा रहेकाले के भएको हो भनेर पुष्टि हुन भने सकेको छैन ।’घटनाको प्रारम्भीक अनुसन्धानले तीन जनाको मृत्यु फरक समयमा भएको देखाएको छ । अनुसन्धान अधिकारीले भने, ‘आमा छोराको मृत्यु केही समयअघि र बाबुको मृत्यु केहीपछि भएको देखिन्छ ।’शनिवार बिहान प्रहरीले घर वरिपरि गरेको खोजतलासका क्रममा धानखेतमा दुईवटा विषादीको बट्टा समेत फेला पारेको छ । यसबाहेक घरमा कुनै लुटपाट चोरी समेत भएको देखिएको छैन ।यदि बाहिरका मानिस आएर हत्या गरेको हुन्थ्यो भने किन हत्याको समय फरक फरक फरक भयो त रु अर्कातिर किन दुईजनाको शवमा मात्र कपडा ओडाइयो रु प्रहरीले अहिले यीनै प्रश्नलाई आधार मानेर अनुसन्धान गरिरहेको छ ।