सैलुन व्यवसायीको कन्ट्याक ट्रेसिङमा परेका ५९ जना सहित ७० जनाको स्वाब संकलन

४ बर्ष अघि

२0७७ भाद्र २६ शुक्रबार

सैलुन व्यवसायीको कन्ट्याक ट्रेसिङमा परेका ५९ जना सहित ७० जनाको स्वाब संकलन

दृष्टिकोण समाचार भदौ २६ दार्चुला ।  कोरोना संक्रमण पुष्टि भएका खलंगाका सैलुन व्यवसायीको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएको छ । कन्ट्याक ट्रेसिङमा आएका ५९ जनाको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन महराले जानकारी दिनुभयो । शुक्रवार सैलुन व्यवसायीको कन्ट्याक ट्रेसिङमा परेका ५९ जना,कृषि विकास बैंकमा कार्यरत १ जना र सशस्त्र प्रहरीको क्वारेन्टीनमा बसेका १० जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी परिक्षणका लागि डडेल्धुरा प्रयोगशाला पठाइएको उहाँले बताउनु भयो ।  स्वास्थ्य शाखा प्रमुख महराका अनुसार ५ जना महिला र ६५ जना पुरुषको स्वाब संकलन गरिएको छ । बुधवार डडेल्धुरा प्रयोगशालामा गरिएको पिसीआर परिक्षणमा महाकाली नगरपालिका —४  बस्ने २४ वर्षीय युवा र व्याँस गाउँपालिकाको ३५ वर्षका युवाको रिपोर्ट पोजेटिभ आएको थियो । सदरमुकाममा सैलुन व्यवसाय संचालन गरिरहेका उनमा संक्रमण देखिएसंगै समुदायस्तरमा कोरोना फैलिएको आशंका गरिएको छ । दार्चुलामा हाल सम्म ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।