सुनको भाउ तोलामा चार सय रुपैयाँ बढ्यो

४ बर्ष अघि

२0७७ भाद्र २६ शुक्रबार

सुनको भाउ तोलामा चार सय रुपैयाँ बढ्यो

काठमाण्डौ  भदौ २६ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुनको भाउ ९६ हजार ४ सय थियो । यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।