सेरेनालाई हराउँदै भिक्टोरिया अजारेन्का यूएस ओपनको फाइनलमा

४ बर्ष अघि

२0७७ भाद्र २६ शुक्रबार

सेरेनालाई हराउँदै भिक्टोरिया अजारेन्का यूएस ओपनको फाइनलमा

काठमाण्डौ भदौ २६ । बेलारुसकी भिक्टोरिया अजारेन्का यूएस ओपन टेनिसको फाइनलमा पुगेकी छिन । आज बिहान अमेरिकाकी सेरेना विलियम्सलाई हराउँदै अजरेन्का उपाधि नजिक पुगेकी हुन् ।  पहिलो सेट ६(१ ले गुमाएकी अजारेन्काले दोस्रो र तेस्रो सेट ६(३ र ६(३ को सेटमा जित्दै उपाधि नजिक पुगेकी हुन । अजारेन्काले ६ पटककी यूएस ओपन विजेता विलियम्सलाई हराउनु आफ्नो लागि निकै ठूलो उपलब्धि भएको बताएकी छिन ।  उपाधिको लागि अजारेन्काले जापानकी नाओमी ओसाकासँग खेल्ने छिन । नाओमी आजै बिहान अमेरिकी जेनिफर ब्राडीलाई हराएर फाइनलमा पुगेकी हुन् ।