मेसीले इक्वेडरविरुद्ध खेल्न पाउने

४ बर्ष अघि

२0७७ भाद्र २६ शुक्रबार

मेसीले इक्वेडरविरुद्ध खेल्न पाउने

काठमाडौं भदौ २६ । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका कप्तान लिओनल मेसीले एक खेलको प्रतिबन्ध हटेको छ । जसको अर्थ मेसीले अब अर्को महिना हुने विश्वकप छनोट खेल खेल्न पाउने भएका छन् । गत वर्षको कोपा अमेरिकामा फुटबल प्रतियोगितापछि मेसीलाई एक खेलको प्रतिबन्ध लगाइएको थियो । तर अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले मेसीको प्रतिबन्ध हटेको र उनले कुनै खेल नगुमाउने बताएका छन् । कोपा अमेरिकाका वेला मेसीले चिलीविरुद्धको खेलमा मेसी रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए र उक्त खेलपछि उनले दक्षिण अमेरिकी प्रमुखलाई भ्रष्टाचारको आरोप लागएका थिए । त्यसपछि उनलाई अर्जेन्टिनाबाट एक खेलको प्रतिबन्ध लगाएको थियो । अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गत अर्को महिना इक्वेडर र बोलिभियासँग खेल्दैछ । मेसीले अब इक्वेडर विरुद्ध खेल्न पाउनेछन् ।