भारत संग सीमा नाका जोडिएको दत्तुमा विओपी स्थापना

४ बर्ष अघि

२0७७ भाद्र २६ शुक्रबार

भारत संग सीमा नाका जोडिएको दत्तुमा विओपी स्थापना

दृष्टिकोण समाचार भदौ २६ दार्चुला ।  भारतसँगको सीमा नाका जोडिएको दार्चुलाको दत्तु सीमामा सीमा निगरानी चौकी विओपी स्थापनाका लागि स्वीकृति दिएको छ । सशस्त्र प्रहरी बल नेपालले मुलुकका विभिन्न क्षेत्रमा विओपी स्थापना गर्नुपर्ने भन्दै गृहमन्त्रालयमा पेश गरेको प्रस्ताव अनुसार दार्चुलाको दत्तुको लागि स्वीकृति दिएको हो ।  विओपी राख्नका लागि स्थानीय तहसँग छलफल भइरहेको छ । यसअघि दार्चुलाको लेकमको लाली, मालिकार्जुनको जोलजीवि, व्यासको दुम्लीङमा बीओपी स्थापना भइसकेको छ । छांगरुमा स्थापना भएको बीओपीको स्तरोन्नती गर्दै सशस्त्र बल नेपाल नम्बर ५० गुल्म बनाइएको छ । सशस्त्र प्रहरीको चीनसँग सीमा जोडिएको तिंकरमा बीओपी भवन बनाउन बजेट समेत विनियोजन भइसकेको छ । दत्तुमा बीओपी राख्न केहि दिन अघि मात्रै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति एसपी नरेन्द्र वमले स्थानीय सँग छलफल एवं भवनबारे खोजी समेत भएको बताउनु भयो ।