नेपालमा एकैदिन अहिले सम्मकै धेरै १ हजार ४ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुग्यो

४ बर्ष अघि

२0७७ भाद्र २६ शुक्रबार

नेपालमा एकैदिन अहिले सम्मकै धेरै १ हजार ४ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुग्यो

काठमाडौ भदौ २६। नेपालमा एकैदिन अहिले सम्मकै धेरै १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । गएको २४ घण्टामा १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । एकैदिन कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने यो संख्या अहिलेसम्मकै धेरै हो । पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ५३  जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा ९ सय ७२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।  अब नेपालमा १४ हजार नौ सय २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन ।  तीमध्ये एक सय ७० जना आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै ६ हजार ७८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा  पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय २२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।