मालिकार्जुन गाँउपालिकाका बाढि पहिरो पिडित २४ परिवारलाई राहत बितरण 

४ बर्ष अघि

२0७७ भाद्र २६ शुक्रबार

मालिकार्जुन गाँउपालिकाका बाढि पहिरो पिडित २४ परिवारलाई राहत बितरण 

दृष्टिकोण समाचार भदौ २६ दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाँउपालिकाका २४ परिवार बढिपहिरो पिडितलाई नेपाल रेडक्रस सोसाईटिले राहत वितरण गरेको छ । शुक्रबार मालिकार्जुन गाँउपालिकाका ८ वटै वडाहरुमा बाढि पहिरोबाट घर क्षेति भएका परिवारलाई राहात वितरण गरेका नेपाल रेडक्रस जिल्ला शाखा दार्चुलाका सभापति गोपाल सिह महराले जानकारी दिनु भयो । मालिकार्जुन गाँउपालिकाको समन्वय तथा रेडक्रस सोसाईटि दार्चुला शाखाको आयोजनामा बाढि तथा पहिरो पिडित परिवारलाई त्रिपाल, कपडा तथा दैनिक प्रयोग हुने भाडाँकुडा वितरण गरिएका छन । मालिकार्जुन गाँउपालिकाका अध्यक्ष नरेन्द्र सिह धामीको अध्यक्षता तथा गाँउपालिका उपाध्यक्ष पुष्पा अवस्थीको आतिथ्यतामा राहत सामाग्रि वितरण गरिएको हो । जसमा वडा नं.८ का ११ परिवार , वडा नं.५ का २ परिवार , वडा नं.४ का ७ परिवार , वडा नं. २ र ३ का एक एक परिवार र वडा नं. १ का २ परिवारलाई राहात स्वरुप सामाग्रि वितरण गरिएको सभापति महराले बताउनु भयो ।