नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५० हजार ४ सय ४६ पुगेको छ 

४ बर्ष अघि

२0७७ भाद्र २५ बिहीबार

नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५० हजार ४ सय ४६ पुगेको छ 

काठमाडौ भदौ २५ । नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएकाे छ ।,  पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ५० हजार ४ सय ४६  पुगेको छ । गएको २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार एक सय ४४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय ४६ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा एक हजार आठ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३५ हजार सात सय पुगेको छ ।  अब नेपालमा १४ हजार चार सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन । यस्तै पाँच हजार आठ सय ६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।