दार्चुला जिल्लामा स्क्रब टाइफसको बिरामी बढ्दै सर्तक रहन डाक्टरको आग्रह 

४ बर्ष अघि

२0७७ भाद्र २५ बिहीबार

दार्चुला जिल्लामा स्क्रब टाइफसको बिरामी बढ्दै सर्तक रहन डाक्टरको आग्रह 

दृृष्टिकोण समाचर भदौ २५ दार्चुला । पछिल्लो समय दार्चुलामा जिल्लामा स्क्रब टाइफसका बिरामीको संख्या बढदै गइरहेको छ । जिल्ला अस्पताल दार्चुलका अनुसार ४ वटा स्थानीय तहका १९ जना स्क्रब टाइफसका बिरामी भेटिएका हुन । बुधबार महाकाली नगरपालिका २ जना महिला तथा १ जना पुरुषगरि तीन जनामा स्क्रब टाइफस भटिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले जानकारी दिनुभयो । यो संगै जिल्लामा स्क्रब टाइफसको संख्या १९ पुगेको छ । हाल सम्म दार्चुला जिल्लाको महाकाली नगरपालिकामा ५ जना महिला र ३ जना पुरुष गरि ८ जना ,मालिकार्जुन गाउँपालिकामा ५ जना महिला र २ जना पुरुष गरि ७ जना । व्याँस गाउँपालिकाका ३ जना महिला तथा लेकम  गाउँपालिकामा १ जना महिलामा स्क्रब टाइफस देखिएको हो  ।  जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको अस्पताले जनाएको छ  । स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउने लगायतका लक्ष्यण देखा पर्ने डाक्टरहरुले बताएका छन ।