मालिकार्जुन गाउँपालिका उपाध्यक्ष अवस्थीले पहिरो पिडितलाई ५ हजार नगदसहित राहत वितरण 

४ बर्ष अघि

२0७७ भाद्र २५ बिहीबार

मालिकार्जुन गाउँपालिका उपाध्यक्ष अवस्थीले पहिरो  पिडितलाई ५ हजार नगदसहित राहत वितरण 

दृष्टिकोण समाचार भदौ २५ दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष पुष्पा अवस्थीले पहिरो पिडित लक्ष्मी ढोलीलाई राहत वितरण गरेको छ । साउन ५ गते राती अविरल वर्षाको कारण पहिरोमा पुरिएर घाइते भएका मालिकार्जुन गाउँपालिका वडानम्बर ८ बस्ने लक्ष्मी ढोलीलाई मालिकार्जुन गाउँपालिका उपाध्यक्ष अवस्थीले व्यक्तिगत रुपमा राहत वितरण गरेको छ । सिलाई पेशा अंगाल्दै आएका लक्ष्मीको परिवारलाई उपाध्यक्ष अवस्थीले ५ हजार रुपैया नगद सहित ५० किलोग्राम चामल,५ किलोग्राम दाल,३ किलोग्राम नुन,२ लिटर तेल,२ किलोग्राम कपडा धुने सोडा र ६ वटा नुहाउने साबुन वितरण गरेको छ । मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थीले व्यक्तिगत रुपमा राहत उपलब्ध गराएको हो । राहत उपलब्ध वितरण पछि उपाध्यक्षले अवस्थीले सिलाई पेशा गर्दै आएका पहिराेे रपिडित लक्ष्मी ढोली लाई पेशालाइ्र्र निरन्तरता दिन अनुरोध छन । उपाध्यक्ष अवस्थीले आफ्नो हातबाट हुने सहयोग निरन्तर गर्ने प्रतिबद्धता समेत गरेका छन ।