भाद्र २४ गते बेलुकी ७ बजेबाट महाकाली नगरपालिका शिल ,हेनुहोस पत्र सहित

४ बर्ष अघि

२0७७ भाद्र २४ बुधबार

भाद्र २४ गते बेलुकी ७ बजेबाट महाकाली नगरपालिका शिल ,हेनुहोस पत्र सहित

दृष्टिकोण समाचार भदौ २४ दार्चुला ।  सदरमुकाम खलंगामा शैलुन व्यवसाय सञ्चालन गर्दै आएका एक युवकमा कोरोना पुष्टि भएसँगै महाकाली नगरपालिका आज बेलुकि ७ बजेबाट सिल गरिने भएको छ । महाकाली नगरपालिका क्षेत्र पूरै सिल गर्न जिल्ला संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरि बेलुकिबाट कार्यान्वयन गरिने भएको छ । महाकाली नगर प्रमुख हंशराज भट्टको अध्यक्षतामा बसेको बैठकले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आंशका गर्दै पुरै नगरसिल गर्ने निर्णय गरेका छन । दार्चुलामा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण देखिएको हो । बुधबार डडेल्धुराको प्रयोगशालामा गरिएको कोरोना संक्रमणमा सैलिनु व्यवसाय सञ्चालन गर्दै आएका एक युवकको साथै व्यास गाउँपालिका घर भई महाकाली नगरपालिका ५ तिंकर खेडा घरमै बस्दै आएको एक युवकमा कोरोना देखिएको थियो । अहिलेसम्म बाहिरबाट आएका व्यक्तिमा मात्रै कोरोना देखिएकोमा पहिलो पटक जिल्लाभित्रै बसेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि महाकाली नगरपालि क्षेत्र पुरै सिल गरिएको हो । यहि भदौ २० गते ४७ जनाको स्याब संकलन गरिएको थियो । शैलुन पसलमा कपाल काट्ने व्यक्तिको बढि सम्पर्क भएको हुँदा समुदायस्तरमा स्याब संकन पनि चूनौती बनेको छ । यस्तै व्यास गाउँपालिका घर भई खलंगामा बसोबास गर्दै आएका व्यक्ति भारतबाट नेपाल आएको खुलेको छ । होम क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिको कोरोना पोजेटिभ देखिएको स्वस्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनुभयो । नगरपालिका स्तरिय स्थानीय समन्वय समितिको बैठक बसि महाकाली नगरपालिका क्षेत्रका अत्याआबश्यक खाद्यान, तरकारी पसल र डेरि पसलहरु विहान ७ बजे देखि ९ बजे र बेलुकि ६ बेजे देखि ७ बजे सम्म खुल्ने र औषधिपसल २४ घण्टा खुल्ला रहने महाकाली नगरपालिका दार्चुलाले जनाएको छ ।हेनुहोस  पत्र सहित