दार्चुलाका थप २ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५६ पुग्यो

४ बर्ष अघि

२0७७ भाद्र २४ बुधबार

 दार्चुलाका थप २ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५६ पुग्यो

दृष्टिकोण समाचार भदौ २४ दार्चुला ।  दार्चुलाका थप दुई जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा १ सय २७ जनाको परीक्षण गरिएकोमा दार्चुलाका दुई र बझाङका दुई जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । दार्चुलाको महाकाली नगरपालिकाको १ जना र व्याँस गाउँपालिकाको १ जनामा  कोरोना पुष्टि भएको इन्चार्ज भुसालले बताउनुभयो । गत भदौ २० गते स्याव संकलन गरिएका वर्ष २४ र वर्ष ३६ का पुरुषको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका जन स्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो । स्याब संकलन गरिएका १० जना पत्रकारको भने रिपोर्ट नेगेटिभ आएको छ । दार्चुलामा हालसम्म कोरोना संक्रमितको संख्या ५६ जना पुगेको छ ।