भारतमा एकैदिन कोरोनाबाट ११३३ को मृत्यु

४ बर्ष अघि

२0७७ भाद्र २३ मंगलवार

भारतमा एकैदिन कोरोनाबाट ११३३ को मृत्यु

काठमाडौं भदौ २३ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० को कारण एक हजार १३३ जनाको मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ७२ हजार ७७५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७५ हजार ८०९ नयाँ संक्रमित फेला परेका छन् । नयाँ संक्रमितको यो संख्या पछिल्लो एक सातायताकै कम हो । यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४२ लाख ८० हजार ४२३ पुगेको छ । जसमध्ये अहिलेसम्म ३३ लाख २३ हजार ९५१ संक्रमित निको भइसकेका छन् । अझै आठ लाख ८३ हजार ६९७ संक्रमित निको हुन बाँकी छन् । कोरोना भाइरसको संक्रमित संख्याको आधारमा भारत विश्वमै दोस्रो बढी प्रभावित मुलुक हो । पहिलो स्थानमा अमेरिका छ । अमेरिकामा ६३ लाखभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् ।