कास्कीमा कोरोना संक्रमित महिलाको मृत्यु

४ बर्ष अघि

२0७७ भाद्र २३ मंगलवार

कास्कीमा कोरोना संक्रमित महिलाको मृत्यु

पोखरा भदौ २३ । पोखरमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड(१९ उपचार केन्द्रको आईसीयुमा उपचारत एक वृद्धाको मंगलबार मृत्यु भएको हो ।पोखरा(१० की ७३ वर्षीया महिलाको मृत्यु भएको निर्देशक डा। अर्जुन आचार्यले जानकारी दिए । स्वास्थ्य समस्या देखिएपछि उनको पोखराकै मेडिप्लस अस्पतालमा उपचार भइरहेको थियो । कोरोना संक्रमणको आशंकामा उनको स्वाब लिइएको र रिपोर्ट पोजेटिभ आएपछि सोमबारै उनलाई प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा सारिएको थियो । यससँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ९ पुगेको छ । गण्डकी प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।