कोरोना कहरले बन्द भएको महकाली नगरपालिकाको नगरबस  सञ्चालन हुदैँ

४ बर्ष अघि

२0७७ भाद्र २३ मंगलवार

कोरोना कहरले बन्द भएको  महकाली  नगरपालिकाको  नगरबस  सञ्चालन हुदैँ

दृष्टिकोण समाचार भदौ २३ दार्चुला ।  कोरोना भाइरसको प्रभावले बन्द भएको दार्चुलाको महकाली नगरपालिकाको नगरबस बुधबारबाट सञ्चालनमा आउने भएको छ । स्थानियहरुले यातायातमा खेप्दै आइरहेको समस्यालाई मध्यनजर गर्दै आवस्यक सुरक्षा मापदण्डको पालना गरि नगरबस सञ्चालन गरिने महाकाली नगरपालिकाले जनाएको छ । विगतकै समय तालिका अनुसार बस सञ्चालनमा आउने छ । स्यानिटाइजर र मास्कको प्रयोग गरेर मात्रै नगरबसमा सवारी गर्न पाइने छ, विना मास्क बसमा सवारी गर्न नपाइने महाकाली नगरपालिकाले जनाएको छ । कोरोना भाइरसको प्रभावले गत फागुन ११ गते लकडाउन गरिएकै दिनदेखि नगरबसको सेवा बन्द गरिएको थियो