नौगाड ४ सिप्टिमा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ

४ बर्ष अघि

२0७७ भाद्र २३ मंगलवार

नौगाड ४ सिप्टिमा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ

दृष्टिकोण समाचार भदौ २३ दार्चुला । अपिनाम्पा संरक्षण क्षेत्र नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीमा एक जना हतियार सहित पक्राउ परेका छन । बिना इजाजत पत्रको भरुवा बन्दुक सहित नौगाड–४ मल्लोमट्टेका ३५ वर्षिय बिक्रमसिंह धामी लाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताउनु भयो । अपिनाम्पा संरक्षण क्षेत्र भित्रमा  पर्ने सिप्टी माथि वन क्षेत्रबाट बिना लाइसेन्सको भरुवा बन्दुक सहित धामीलाई सोमबार साँझ सिप्टी प्रहरीले नियन्त्रणमा लिएको हो । हतियार सहित पक्राउ परेका धामीलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्यााई असुसन्धान गरिने सुचना अधिकारी जोशीले जानकारी दिनुभयो ।