स्वास्थ्य बिमा बोर्ड दार्चुलामा हालसम्म झण्डै आठ हजारले गराए स्वास्थ्य बिमा

४ बर्ष अघि

२0७७ भाद्र २३ मंगलवार

स्वास्थ्य बिमा बोर्ड दार्चुलामा हालसम्म झण्डै आठ हजारले गराए स्वास्थ्य बिमा

दृष्टिकोण समाचार भदौ २३ दार्चुला ।  स्वास्थ्य बिमा बोर्ड दार्चुलामा हालसम्म आठ हजारले गराए स्वास्थ्य बिमा गराइएको छ । २०७५ फागुन २० गते उद्घाटन गरिएको स्वास्थ्य बिमा कार्यक्रमको हालसम्मको प्रगतिका बारेमा स्वास्थ्य बिमा बोर्ड दार्चुलाका दर्ता अधिकृत दिपक क्षेत्रीले जानकारी दिएका छन । स्वास्थ्य बिमा लागु भएको करिब एक वर्षभन्दा बढी भयो । हालसम्म सात हजार आठ सय ५ जनाले स्वास्थ्य बिमा गराएको दर्ता अधिकृत क्षेत्रीले जानकारी दिनुभयो । जिल्लाभरीका नौ ओटै स्थानीय तहको तथ्यांक हेर्दा भाद्र मसान्त सम्म ७ हजार आठ सय जनाले बिमा गराएको दर्ता अधिकृत क्षेत्रीले बताउनु भयो । ४ हजार ७२ जना महिला र ३ हजार ७ सय ३३ जना पुरुषले स्वास्थ्य बिमा बोर्डमा आबद्ध भएका छन । हाल सम्म अपिहिमाल गाउँपालिकामा ४ सय ३४ जना, व्याँस गाउँपालिकामा १ हजार दुई सय ४१ जना , दुहुँ गाउँपालिकामा ८ सय १५ जना , लेकम गाउँपालिकाका ८ सय १ जना महाकाली नगरपालिकामा १ हजार १ सय ६८ जना, मार्लिकार्जुन गाउँपालिकामा ७ सय ७६ जना , मार्मा गाउँपालिकामा १ हजार ८४ नैगाड गाउँपालिकामा ६ सय ६२ र शैल्यशिखर नगरपालिकामा ८ सय २३ जनाले  स्वास्थ्य विमा गरेका छन ।