पछिल्लो २४ घण्टामा ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुग्यो 

४ बर्ष अघि

२0७७ भाद्र २३ मंगलवार

पछिल्लो २४ घण्टामा ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुग्यो 

काठमाडौ भदौ २३ । पछिल्लो २४ घण्टामा अवधिमा नेपालमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा  १० हजार ६ सय ११ जना पीसीआर विधिमार्फत परीक्षण गर्दा नौ सय दुई जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार दुई सय ८७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ३२ हजार नौ सय ६४ जना पुगेको छ ।  अब नेपालमा १४ हजार आठ सय ६८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन यस्तै पाँच हजार तीन सय १० जना क्वारेटिनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गए सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय ६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।