खार खलंगा सडकखण्ड सुधार नहुँदा जोखिमपुर्ण यात्रा गर्दै सर्वसाधारण

४ बर्ष अघि

२0७७ भाद्र २२ सोमबार

खार खलंगा सडकखण्ड सुधार नहुँदा जोखिमपुर्ण यात्रा गर्दै सर्वसाधारण

दृष्टिकोण समाचार भदौ २२ दार्चुला । खार—खलंगा सडक खण्डमा बाडिपहिरोका कारण ठाउँ ठउँमा सडक अबरुद्ध भएपछि पैदल यात्रा गर्न समेत जोखिम भएको छ । महाकाली नगरपालिका वडा नम्बर २, ३ र नौगाड गाउँपालिकाका स्थानीय अहिले सो क्षेत्रमा जोखिम मोलेर आवत जावत बध्य छन् । खार खलंगा सडकको डुङुरी क्षेत्रसम्म बाटो सुधार गरिएपनि त्यो भन्दा माथिल्लो क्षेत्रमा स्थानीयलाई हिडडुल गर्न जोखिम रहेको नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखका स्थानीय गायत्री रावलले जानकारी दिनुभयो ।