डेढ महिना देखि अबरुद्ध डुङरी जलविद्युत्त योजना मर्मत हुन सकेन

४ बर्ष अघि

२0७७ भाद्र २२ सोमबार

डेढ महिना देखि अबरुद्ध डुङरी जलविद्युत्त योजना मर्मत हुन सकेन

दृष्टिकोण समाचार भदौ २२ दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ३ मा रहेको डुङरी जलविद्युत आयोजना बन्द रहेको छ । जिल्लाको बैकल्पीक विद्युत्त गृहमा गत साउन महिनाको ५ गते बाढि पसेपछि विद्युत्त सेवा बन्द रहेको छ । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन जोडिनु अघि दार्चुला सदरमुकाम खलंगा र आसपासका क्षेत्रमा डुङरी जलविद्युत योजनाबाट विद्युत्त सेवा दिइएको थियो । बाढीले जलविद्युत्तको पावर हाउसमा रहेका उपकरणहरुमा क्षती भएको छ । २०४३ सालमा निर्माण गरिएको उक्त जलविद्युत्त आयोजनाको क्षमता २ सय किलोवाट रहेको छ । विधुत गृहभित्र झण्डै ३ फिट जति बालुवा गिट्टी भरिएर जान सकिने अवस्था छैन, उपकरणहरु पनि विग्रेका छन्, कुनै क्षेत्रबाट विद्युत्त गृह मर्मतको पहल नभएको नेपाल विद्युत्त प्राधिकरण दार्चुला वितरण केन्द्रका निमित्त प्रमुख केशवदत्त भट्टले जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरण दार्चुलाले उक्त आयोजनामा झण्डै ५० लाख बराबरको क्षेति भएको अनुमान गरेको छ ।