नेपाल भारत सीमा सुरक्षा समन्वय बैठकः यस्ता छन् सहमतीका बुँदाहरु

६ बर्ष अघि

२0७५ असार २८ बिहीबार

नेपाल भारत सीमा सुरक्षा समन्वय बैठकः यस्ता छन् सहमतीका बुँदाहरु

दृष्टीकोण समाचार, असार २८ दार्चुला । नेपाल—भारत सयुक्त सीमा सुरक्षा समन्वय बैठक विहिबार दार्चुला जिल्ला सदरमुकाम गल्फैमा सम्पन्न भएको छ । नेपालका तर्फबाट १५ सदस्यीय टोली र भारतको तर्फबाट ११ सदस्यीय टोलीको सयुक्त बैठक महाकाली नगरपालिका ५ गल्फैमा रहेको बैसेक इन रिसोर्ट होटलमा सम्पन्न भएको हो । नेपालको तर्फबाट १३ तथा भारतको तर्फबाट ११ वटा गरी जम्मा २४ एजेण्डाहरु बैठकमा छलफल गरिएका छन् । बैठक पछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य, बैतडीका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशी र भारतको पीथौरागढ जिल्लाका जिल्ला धिकारी सी रबीशंकरले सयुक्त पत्रकार सम्मेलन गरी बैठकमा भएका विभिन्न छलफल तथा सहमतीका बारेमा जानकारी गराउनु भएको छ । 
पत्रकार सम्मेलनमा जानकारी दिदै दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जिल्ला तहबाट समाधान हुने तत्काल कार्यान्वयनमा आउने विषय र केन्द्रीय तहबाट सामाधान हुने विषयहरु संघिय सरकारलाई जानकारी गराउने सहमती भएको बताएका छन् । मुख्य गरी नेपाल भारत खुल्ला सीमाका कारण हुने विभिन्न अबैधानिक क्रियाकलप नियन्त्रण, चोरी तस्करी नियन्त्रण, सीमा सुरक्षा सतर्कता, विपद व्यवस्थापन, दार्चुला र धारचुलाको नजिक रहेको भारतीय क्षेत्र खोतीलाको पहिरो नियन्त्रण तथा दुईदेशको प्रयर्टन प्रबद्र्धनका क्षेत्रमा गर्न सकिने विकास निर्माण तथा सीमा पुल सञ्चालन, भारतको छिरकिल्लामा रहेको धौलिगंगा जलविद्यूत्त परियोजनाको पानी थुन्ने र छाड्ने विषयको सूचना आदान प्रदान तथा सीमा क्षेत्रका समस्या पहलका लागि दुबै देशले गर्नु पर्ने साझा सवालहरुका बारेमा छलफल भएको बताएका छन् । 
बैठकले मुख्य तया बर्षातको समयमा हुन सक्ने विपदको व्यवस्थापन, सीमा क्षेत्रमा हुने मानव बेचविखन तथा अपराध नियन्त्रण, बन तथा बन्यजन्तुको चोरी तस्करी नियन्त्रण, सीमा क्षेत्रमा बस्ने दुबै देशका नागरिकहरुको दैनिकीमा सहजता ल्याउने कुरामा आपसी सहमती र सहकार्यका हिसाबले अगाडी बढ्ने सहमती भएको छ । 
त्यसैगरी नेपाल भारत सीमा क्षेत्रमा बन्ने थप चारवटा झोलुङ्गे पुल निर्माण र दार्चुला जिल्लामा बन्ने मोटरेबल पुल, लगायत नेपालभारतको सयुक्त भन्सार नीति तथा दार्चुला जिल्लाको उत्तरी क्षेत्रमा नेपालको तर्फबाट सुरक्षाको कम उपस्थितिलाई मध्य नजर गर्दै हुने चोरी तस्करीको बारेमा दुबै देशका संघिय सरकारहरुलाई जानकारी गराउने सहमती गरी बैठक समापन भएको छ । 
बैठकमा नेपालको तर्फबाट दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य, बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, महाकाली नदि नियन्त्रण आयोजना प्रमुख सुशीलचन्द्र देबकोटा, दार्चुलाका प्रहरी प्रमुख डिएसपी नवराज अधिकारी, बैतडीका प्रहरी प्रमुख डिएसपी नेत्रमणी गिरी, शसस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका डिएसपी अम्बीका प्रसाद जोशी, दार्चुलाका प्रमुख अनुसन्धान अधिकृत विरेन्द्रसिह कार्की, बैतडी जिल्लाका प्रमुख अनुसन्धान अधिकृत रमेशसिह डाँगा, अपिनाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय, जिल्ला बन अधिकृत संजय तिवारी, नेपाली सेना दुर्गादल गुल्मका सहसेनानी श्री श्याम थपलिया, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, जिल्ला इन्जिनियर प्रमुख मदनराज जोशी, नायब सुब्बा चन्द्रसिह धामी, बैतडी भन्सार कार्यालयका प्रमुख दिल्लाराम सुबेदीको सहभागिता रहेको थियो । त्यस्तै भारतको तर्फबाट पीथौरागढ जिल्लाका जिलाधिकारी सी रबिशंकर, पीथौरागढका पुलिस अधिकक्ष आर सी राजगुरु, पीथौरागढका प्रभागिय बनाधिकारी डा.बिनय भार्गव, पीथौरागढ जिल्लाका सिंचाई प्रमुख पिके दीक्षित, धारचुलाका उप जिलाधिकारी राजकुमार पाण्डे, सीमा बल डिडिहाटका डिप्टी कमाण्डर किसन यादव, लोक निर्माण विभाग पिथौरागढका प्रमुख हरिश पाँगती, लोक निर्माण विभाग प्रमुख अस्कोटका प्रमुख दिपक गुप्ता, धारचुलाका सिचाई अधिसायी ललित कुमार, धौलिगंगा पावर स्टेसनका म्यानेजर बि एच डेंम्पा, धौलिगंगाकै सब म्यानेजर बी सी जोशीको सहभागिता रहेको थियो ।

नेपाल र भारतको तर्फबाट बैठकमा छलफलका निम्ती तय गरिएका एजेण्डाका बुँदाहरु 

बैठक पछि अायाेजित पत्रकार सम्मेलन

नेपाल भारत सयुक्त सीमा बैठक