पछिल्लो २४ घण्टामा ९सय ७९ जनामा कोरोना संक्रमण, मृतकको संख्या ३ सय पुग्यो

४ बर्ष अघि

२0७७ भाद्र २२ सोमबार

पछिल्लो २४ घण्टामा ९सय ७९ जनामा कोरोना संक्रमण, मृतकको संख्या ३ सय पुग्यो

काठमाडौ भदौ २२ । पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २ सय १८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
यससँगै कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।हाल सम्म मृतकको संख्या ३ सय पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै ३० हजार ६ सय ७७ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १७ सय ३६ जना डिस्चार्ज भई घर फर्किसकेका छन् ।