जिल्ला अस्पताल दार्चुलाको बार्षिक प्रगती ८६ प्रतिशत, चार हजार जनाले लिए स्वास्थ्य सेवा 

४ बर्ष अघि

२0७७ भाद्र २२ सोमबार

जिल्ला अस्पताल दार्चुलाको बार्षिक प्रगती ८६ प्रतिशत, चार हजार जनाले लिए स्वास्थ्य सेवा 

दृष्टिकोण समाचार भदौ २२ दार्चुला । जिल्ला अस्पताल दार्चुलाले आर्थिक बर्ष २०७६÷७७ मा कुल कार्यक्रमको ८६ प्रतिशत कार्य प्रगती गरेको छ । जिल्ला अस्पताल दार्चुलाले एक बर्षको अवधिमा गरेको क्रियाकलापका बारेमा सोमबार समाजिक परिक्षण गरेको हो । आर्थिक बर्ष २०७६÷७७ मा सम्पादित कार्यक्रमहरुका बारेमा आम सरोकावालहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अस्पताल विकास समितिका अध्यक्ष दलजित सिह धामीले बताउनु भयो । जिल्ला अस्पताल दार्चुलालाई संघिय सरकारबाट प्राप्त १ करोड ६७ लाख ४४ हजार रुपैँयाको बजेटबाट १ करोड ४३ लाख ९२ हजार १ सय ५४ रुपैँया खर्च गरेको छ भने पुजिँगत तर्फ सतप्रतिशत खर्च गरेको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले बताउनु भयो । प्रदेश सरकारबाट प्राप्त ५ करोड २६ लाख १० हजार बजेट मध्ये ४ करोड ५७ लाख २५ हजार ७ सय २० रुपैँया खर्च गरिएको छ भने पुजिँगत तर्फ ५३ लाख ८० हजार बाट ४४ लाख ७७ हजार ३ सय ४९ रुपैँया खर्च गरिएको डाक्टर दुवालले जानकारी दिनुभयो । समिक्षा कार्यक्रममा अस्पताल विकास समिति, फर्मेसी, निक साईमन र स्वास्थ्य विमा बोर्डको कुल आय १ करोड २८ लाख ७२ हजार ६ सय ३५ रुपैँया रहेकोमा कुल खर्च १ करोड ७ लाख ७ हजार ८ सय ७५ रुपैँया खर्च भएको छ । २१ लाख ६४ हजार ७ सय ६० रुपैँया मौज्दाद रहेको छ । जिल्ला अस्पतालको सेवा प्रबाह, भौतिक संरचना निमार्ण तथा मर्मत, कर्मचारी व्यवस्थापन लगायतका क्षेत्रमा ८६ प्रतिशत प्रगति गरिएको समिक्षा गरिएको छ । 

एक बर्षमा झण्डै चारहजार जनाले लिए स्वास्थ्य सेवा 

यसैबीच जिल्ला अस्पताल दार्चुलामा एक बर्षको अवधिमा ३ हजार ८ सय ६८ जनाले निःशुल्क सेवा लिएका छन् । एक हजार ६९ जना गरिब परिवारका सदस्य, २ हजार ९ सय २६ जना जेष्ठ नागरिक लगायतका स्थानीयहरुले निःशुल्क सेवा लिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले जानकारी दिनुभयो ।त्यस्तै प्रस्तुति सेवा लिनेमा ४ सय ९८ जना रहेका छन् जसमध्ये ४ सय १८ जना समान्य, ३५ जनाको अप्रेसन गरिएको छ भने ४५ जनाको मेसिन मार्फत अप्रेसन गरेको डाक्टर दुवालले बताउनु भयो ।जिल्ला अस्पतालमा अस्कमिक सेवा तर्फ ३ हजार ८ सय १६ जनाले सेवा लिएका छन भने १ सय ६८ जना जिल्लामा उपचार सम्भव नभएपछि अन्यत्र रेफर गरिएको डाक्टर दुवालले बताउनु भयो ।