सबै स्थानीय तहहरुको जानकारी एउटै एपबाट (विज्ञप्ती सहित)

४ बर्ष अघि

२0७७ भाद्र २२ सोमबार

सबै स्थानीय तहहरुको जानकारी एउटै एपबाट (विज्ञप्ती सहित)

दृष्टिकोण सामाचार, भाद्र २२ दार्चुला । नेपाल सरकार सूचना विभागद्वारा साउन १८ गते निर्माण गरी प्रधानमन्त्रीबाट उद्घाटन गरिएको स्थानीय तहको मोवाइल एप्लीकेशन सञ्चालनमा आएको छ । भाद्र २१ गते नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना विभागले जारी गरेको प्रेस विज्ञप्तीमा ७ सय ५३ वटै स्थानीय तहहरुलाई एप्लीकेशन प्रयोगमा ल्याउन आह्वान गरिएको छ । गत आव सम्म ४ सय ३३ वटा स्थानीय तहहरुले प्रयोगमा ल्याएको उक्त एप्लीकेशनलाई स्तरोन्नती गरेको र नयाँ आवबाट सबै ७ सय ५३ वटा स्थानीय तहहरुले प्ले स्टोर र एपस्टोरबाट डाउनलोड गरी प्रयोगमा ल्याउन सकिने सूचना विभागले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 
प्रेस विज्ञप्ती