नेपालमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुग्यो

४ बर्ष अघि

२0७७ भाद्र २१ आईतवार

नेपालमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुग्यो

काठमाडौ भदौ २१ । आईतबार नेपालमा थप ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३ सय ८२ जनाको नमुना परीक्षण गर्दा २ सय ९० महिला र ६ सय ९० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २ सय ा५७ पुगेको छ । उनीहरुमध्ये २ सय ८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९ सय ४१ जना कोरोना मुक्त भई घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।