हलिया मुक्तीका १२ बर्ष, हलियाहरुको समस्या जस्ताको त्यस्तै

४ बर्ष अघि

२0७७ भाद्र २१ आईतवार

हलिया मुक्तीका १२ बर्ष, हलियाहरुको समस्या जस्ताको त्यस्तै

दृष्टिकोण समाचार भदौ २१ दार्चुला । हलिया मुक्ति समाज दार्चुलाले १२ औँ हलिया मुक्त दिवसको अवसरमा सरकारलाई ७ बुँदे मागपत्र बुझाएको छ ।  हलिया मुक्ति घोषणा गरेको १२ बर्ष वितिसक्दा पनि आफुहरुका समस्या ज्युका त्यु रहेको भन्दै हलिया समुदायको छाता संगठन राष्ट्रिय हलिया मुक्ति समाज र नेपाल सरकार विच भएको ५ बुंदे र १० बुंदे सिफरिसको कार्यान्वयनका लागि आइतबार जिल्ला प्रशासन कार्यालय दार्चुला मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको हो । हलियाहरुको पुर्नस्थापना, तथ्याङ्क संकलन तथा प्रमाणिकरण र परिचयपत्र वितरण, आर्थिक बर्षको  नीति तथा कार्यक्रमबाट हलियाहरुको बजेटलाई कार्यान्वय गरियोस भनि ७ बुंदे ज्ञापन पत्र बुझाएको जिल्ला हलिया मुक्ति समाज दार्चुलाका अध्यक्ष दानिराम तिरुवाले बताउनु भयो । दार्चुला जिल्लामा लगत लिएका हलियाहरुको संख्या ४ सय ४४ रहेको र ३ सय ४२ परिवारले मात्र पुर्नस्थापनाको प्याकेज प्राप्त गरेका छन ।  त्यस्तै ९२ परिवार प्रमाणिकरण तथा पुर्नस्थापना हुन बाँकि रहेकाले पीडित हलियाहरुको माग सम्बोधनका लागि प्रमुख जिल्ला अधिकारी मार्फत भूमिव्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयलाई ज्ञापनपत्र बुझाईएको अध्यक्ष तिरुवाले बताउनु भयो ।