दश जना सञ्चारकर्मी सहित दार्चुलामा ४७ जनाको स्वाब संकलन

४ बर्ष अघि

२0७७ भाद्र २१ आईतवार

दश जना सञ्चारकर्मी सहित दार्चुलामा ४७ जनाको स्वाब संकलन

दृष्टिकोण समाचार  भदौ २१ दार्चुला । महाकाली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सबैको सम्पर्कमा गएर काम गर्ने सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित ४७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।  शाखाले पहिलो चरणमा जिल्लामा कार्यरत १० जना सञ्चारकर्मी सहित १३ जना सुरक्षाकर्मी, २ जना स्वास्थ्यकर्मी, ९ जना बैंकका कर्मचारी, भारतबाट आएर होम क्वारेन्टाइनमा रहेका ५ जना, कपाल काट्ने ३ जना गरी ४७ जनाको स्वाब संकलन गरिएको महाकाली नगरपालिका स्वास्थ्य शाखा संयोजक मोहनसिह महराले जानकारी दिनुभयो । संकलन गरिएको स्वाब डडेल्धुरा प्रयोगशाला पठाइएको छ । महाकाली नगरपालिकामा अहिले ५ जना कोरोना संक्रमित रहेका छन् भने जिल्ला भरी कोरोना पुष्टि हुनेको संख्या ५४ रहेको छ । जसमध्ये ४७ जना निको भई घर फर्किसकेका छन् ।