मालिकार्जुनका पहिरो पिडित दश परिवारलाई राहत सामाग्री वितरण  

४ बर्ष अघि

२0७७ भाद्र २१ आईतवार

मालिकार्जुनका पहिरो पिडित दश परिवारलाई राहत सामाग्री वितरण  

दृष्टिकोण समाचार भदौ २१ दार्चुला । नेपाल रेडक्रस सोसाइटीले पाहिरो पीडित मालिकार्जुन गाउँपालिकाका १० परिवारलाई राहत सामाग्री वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ७ डिन्सि र सलेती गाउँका पहिरो पीडित १० परिवारलाई राहत वितरण गरेको हो । 
राहत पाउनेमा विसनदत्त पन्त, जयदत्त पन्त, रामदत्त पन्त, अम्बादत्त पन्त, दलि राम लुहार, नयन राम टमटा, दाशिराम लुहार, रामसिह धामी, दानसिह धामी र विरराम लुहार रहेका छन् ।पीडित परिवारलाई एक थान त्रिपाल, एक थान कम्बल, एक सेट भाडाकुंडा, १५ मिटर कपडा र दुई थान धोती वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी दार्चुला शाखाका मन्त्री दिपक प्रसाद अवस्थीले जानकारी दिनुभयो । राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी, प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, नेपाल प्रहरीका डिएसपी पदम बहादुर बिष्ट, अनुसन्धानका डिएसपी प्रज्वल खड्का, महाकाली कोरिडोर आयोजनाका प्रमुख अच्युत विलास पन्त र नेपाल रेटक्रस सोसाइटी दार्चुला शाखाका मन्त्री दिपक प्रसाद अवस्थी लगायतको सहभागिता रहेको थियो ।