धरानमा उपचाररत झापाकी कोरोना संक्रमित महिलाको मृत्यु

४ बर्ष अघि

२0७७ भाद्र २१ आईतवार

धरानमा उपचाररत झापाकी कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं भदौ २१ । बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना भाइरस ९कोभिड(१९० संक्रमित महिलाको मृत्यु भएको छ । गत १८ गते अस्पतालमा भर्ना भएकी झापाको कन्काई नगरपालिका(३ की ४५ वर्षीया महिलाको आइतबार बिहान १० स् ४५ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । महिलामा १८ गते नै कोरोना पुष्टि भएको थियो । मधुमेहको समस्या भएकी महिला कब्जियत, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मेची अञ्चल अस्पतालमा भर्ना भएकी थिइन् । गम्भीर स्वास्थ्य समस्या भएकोले त्यहाँबाट १८ गते बी।पी।कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर भएकी थिइन् । परीक्षणका क्रममा महिलामा निमोनियासमेत देखिएको र अवस्था गम्भीर भइसकेकोले  भेन्टिलेटरको सहायताले उपचार गर्दा पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।