विश्वभर कोरोनाबाट ७ हजार स्वास्थ्यकर्मीको मृत्यु

४ बर्ष अघि

२0७७ भाद्र २0 शनिबार

विश्वभर कोरोनाबाट ७ हजार स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं भदौ २० । विश्वभर कोरोना भाइरस ९कोभिड(१९०को कारण सात हजार स्वास्थ्यकर्मीको मृत्यु भइसकेको एम्नेस्टी इन्टरनेशनलले बताएको छ । कोरोनाबाट सबैभन्दा धेरै स्वास्थ्यकर्मीको मृत्यु मेक्सिकोमा भएको छ । एम्नेस्टीका अनुसार अहिलेसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण एक हजार ३२० स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने अमेरिकामा एक हजार ७७ जनाको मृत्यु भएको छ । त्यस्तै बेलायतमा पनि कोरोना भाइरसको कारण ६४९ स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने ब्राजिलमा पनि ६३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ । एम्नेस्टीको प्रतिवेदनअनुसार स्वास्थ्यकर्मीको मृत्युको मामिलामा दक्षिण अफ्रिका र भारतमा पनि चिन्ताजनक अवस्था देखिएको छ । अहिलेसम्म भारतमा ५७३ र दक्षिण अफ्रिकामा २४० स्वास्थ्यकर्मीको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । एम्नेस्टीमा आर्थिक तथा सामाजिक न्यायका प्रमुख स्वीव कोकबर्नका अनुसार अरुलाई बचउने क्रममा यति ठूलो संख्यामा स्वास्थ्यकर्मीकै मृत्यु हुनुले यो समस्या कति गम्भीर छ भन्ने देखाएको छ । उनका अनुसार प्रत्येक स्वास्थ्यकर्मीलाई कामको क्रममा पूर्ण सुरक्षा पाउनु उनीहरुको अधिकार हो ।