रोमाञ्चक खेलमा इंग्ल्याण्डद्वारा अष्ट्रेलिया दुई रनले पराजित

४ बर्ष अघि

२0७७ भाद्र २0 शनिबार

रोमाञ्चक खेलमा इंग्ल्याण्डद्वारा अष्ट्रेलिया दुई रनले पराजित

काठमाण्डौ भदौ २० । अष्ट्रेलियासँगको पहिलो टि २० क्रिकेट इंग्ल्याण्डले जितेको छ । गएराति इंग्ल्याण्डको साउथह्याम्टनमा भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हराएको हो ।पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा सात विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । उसका डेविड मलानले ६६ रन बनाए । एक सय ६३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन मात्रै बनाउन सक्यो । उसका डेविड वार्नरले सर्वाधिक ५६ रन बनाए । ९८ रनमा पहिलो विकेट गुमाएको अष्ट्रेलियाले त्यसपछि गतिलो प्रदर्शन गर्न सकेन । अन्तिम ओभरमा जितको लागि १५ रन चाहिएकोमा अष्ट्रेलियाका मार्कुस स्टोनिसले १२ रन मात्रै बनाए । जितसँगै तीन खेलको श्रृंखलामा इंग्ल्याण्डले एक शून्यको अग्रता बनाएको छ ।