ब्याँस क्षेत्रको सञ्चार अवरुद्ध 

४ बर्ष अघि

२0७७ भाद्र २0 शनिबार

ब्याँस क्षेत्रको सञ्चार अवरुद्ध 

दृष्टिकोण समाचार भदौ २० दार्चुला । ब्याँस गाउँपालिकाको कैचुलामा रहेको स्काईको टावरमा समस्या आउँदा  दुई दिन देखि ब्याँँस क्षेत्रको सञ्चार अवरुद्ध भएको छ । ब्याँस गाउँपालिकाको केन्द्र सुन्सेरा लगायत वडा नं ५ धौलाकोट, वडा नम्बर ३ सिना र वडा नम्बर २ राप्लाको सञ्चार पुर्णरुपमा अवरुद्ध भएको छ । कैचुलामा रहेको स्काईको टावरबाट राप्लाको रिपुधारमा रहेको नमस्तेको टावरमा लिङ्क दिइएको कैचुलाको अवरुद्ध हुदाँ राप्लामा रहेको नमस्ते फोन सेवा समेत अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो । कैचुलामा रहेको टावरको सोलार सिस्टमको एमसिबि बाहिर राखिएकाले बनमा गएका गोठालाहरुले एमसिबीमा क्षती पुगाएको आकलन गरिएको टेलिकम प्रमुख गुरुङको भनाई छ । टावरमा क्षती भएको अवस्था बारे बुझ्न शनिवार ब्यास गाउँपालिकाले त्यसतर्फ एक जना प्राविधिक पठाएको उहाँले बताउनुभयो । टावरमा सामान्य खराबी भएको भए शनिबार बेलुका सम्म फोन सेवा सुचारु हुने छ । टावरमा अरु कुनै क्षती भएको भए आइतबार दार्चुला सदरमुकामबाट टेलिकमका कर्मचारी पठाउने कार्यालय प्रमुख गुरुङले बताउनुभयो ।