धौलीगंगा बाँध खुल्ने, महाकाली किनारका स्थानीयलाई सचेत रहन आग्रह

४ बर्ष अघि

२0७७ भाद्र २0 शनिबार

धौलीगंगा बाँध खुल्ने, महाकाली किनारका स्थानीयलाई सचेत रहन आग्रह

दृष्टिकोण समाचार भदौ २० दार्चुला । भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु शनिबार आज  खोलिने भएको छ । आज राती १२ बजेदेखि भोली भदौ २१ गते बेलुकी ६ः४५ बजेसम्मको लागि धौलीगंगा बाधको ढोका खोलिने पत्र मार्फत जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । धौलीगंगा जलविद्युत् परियोजनाको ड्याम साइटमा सिल्ट फ्लसिङको काम गर्ने भन्दै बाँधको ढोका खोल्न लागेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।सिल्ट फ्लसिङको कार्यका लागि जलविद्युत्को बाँधका ढोकाहरु खोल्नेबारे भारतीय प्रशासनले जानकारी गराए पछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदि तटिय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित २८० मेगावाट क्षमताको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलेपछि महाकालीमा जलस्तर बढ्ने हुदा व्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मको महाकाली नदी तटीय क्षेत्रका नागरिकहरुलाई पूर्व सतर्कता अपनाउन र नदि नटिय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो ।  हेनुहोस सुचना सहित