ढुंगा लागेर एक मजदुरकाे मृत्यु

४ बर्ष अघि

२0७७ भाद्र १९ शुक्रबार

ढुंगा लागेर एक मजदुरकाे मृत्यु

दृष्टिकोण समाचार भदाै १९ दार्चुला ।
महाकाली लोकमार्ग अन्तर्गत दार्चुला तिंकर सडकको घाटिबगर क्षेत्रमा घोेरेटो बाटो निर्माणमा संग्लन एक जना मजदुरको ढुंगा लागेर मृत्यु भएको छ । नेपाली सेनाले गत जेठ ९ गतेदेखि निर्माण गरिरहेको घाटिबगर क्षेत्रमा काम गर्दै आउनुभएका व्यास गाउँपालिका ५ धौलाकोटका ३७ वर्षीय दिवानसिह धामीको मृत्युभएको हो ।
शुक्रबार बेलुकी ५ बजेतिर घाटिबगर क्षेत्रमा बाटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर धामी गम्भीर घाईते हुनुभएको थियो । घाईते धामीलाई साढे सात बजे नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पुर्याइएपनि उनको बाटोमै मृत्यु भइसकेको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनुभयो ।
बाटोमै मृत्यु भइसकेको थियो, सूचना अधिकारी भट्टले भन्नुभयो, अस्पताल पुर्याउने वित्तिकै डाक्टरले मृत घोषित गरेका हुन् ।अध्यारो भइसकेको कारण घाइते धामीलाई बाहिर जिल्ला  उपचारको लागि लिन नसकिएको दुर्गादल गुल्मका गुल्मपति विक्रमदेव थापाले बताउनुभयो ।