दार्चुलामा थप एक जना प्रहरीमा कोरोना पुष्टि,संक्रमितको संख्या ५३ पुग्यो 

४ बर्ष अघि

२0७७ भाद्र १८ बिहीबार

दार्चुलामा थप एक जना प्रहरीमा कोरोना पुष्टि,संक्रमितको संख्या ५३ पुग्यो 

दृष्टिकोण समाचार भदौ १८ दार्चुला ।  जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत थप एक जना प्रहरीमा कोरोना पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना पुष्टि भएको हो । काठमाण्डौंबाट फर्किएपछि पीसीआर परिक्षण गर्दा प्रहरी हवल्दारमा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । प्रहरी हवल्दारलाई जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा राखिएको छ ।पछिल्लो २४ घण्टामा २ सय ४४ जनाको परीक्षण गरिएकोमा सुदूरपश्चिमका ८ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । भुसालका अनुसार दार्चुलाका १ जना, डोटीका ४, अछामका २,  र बझाङका १ जनामा कोरोना पुष्टि भएको हो । यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या ५३  पुग्यो ।