दार्चुला सहित सुदुरपश्चिमाका तीन जिल्लामा विद्युत अबरुद्ध 

४ बर्ष अघि

२0७७ भाद्र १७ बुधबार

दार्चुला सहित सुदुरपश्चिमाका तीन जिल्लामा विद्युत अबरुद्ध 

दृष्टिकोण समाचार भदौ १७ दार्चुला । दार्चुला सहित सुदुरपश्चिमका तीन जिल्लामा विद्युत अबरुद्व भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर  ९ नायलमा रुख भाचिएर तार चुडीए पछि दार्चुला, बैतडी र डडेलधुरा जिल्लामा विद्युत सेवा अबरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ । दार्चुला देखि अत्तरिया सम्म जाने एक सय ३२ केभिए प्रसारण लाईनमा खनिउ खन्याको रुख भाचिएर तार चुडीए पछि विद्युत सेवा अबरुद भएको हो । विद्युत मर्मतको लागी तार तान्ने मेसिन दार्चुलामा नभएको र मेसिन अन्तरिया बाट ल्याउनु पर्ने हुदा मर्मत र अबरुद्ध भएको विद्युत सञ्चालन गर्न  दुई तीन दिन लाग्न  सक्ने पनि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ । मर्मतको लागी तार तान्ने मेसिन सहित अत्तरियाबाट टोली आईसकेकोले समयमै मर्मतको काम सकिए बुधबार बेलुका सम्म अबरुद्ध विद्युत सेवा सञ्चालन हुने छ । विद्युत अबरुद्ध हुदा दार्चुला सहित, बैतडी र डडेलधुराका स्थानीय एफएम रेडियो तथा पत्रपत्रिका बन्द भएका छन ।विद्युत  सेवा अबरुद्ध हुदाँ स्थानीय समस्यामा परेका छन ।