रोकिएन भैसी निर्यात, दुध उत्पादनमा कमी 

६ बर्ष अघि

२0७५ असार २८ बिहीबार

रोकिएन भैसी निर्यात, दुध उत्पादनमा कमी 

दृष्टीकोण समाचार असार २७ दार्चुला । दार्चुला जिल्लाबाट भैसीहरु तराई तीर निर्यात हुने क्रम रोकीएको छैन् । जिल्लामा दुध उत्पादनमा कमि आउनुको मूख्य कारण भैँसी नपाल्नु तथा भएका भैसीहरु पनि विक्री गर्नु रहेकाे छ । एक पटक व्याएको भैसी थाक्ने वितिक्कै बेच्ने गरेपछि अहिले जिल्लाका केही ठाउँहरु बाहेक जिल्लामा भैसी पाल्ने चलन नै हराई सकेको छ । पछिल्लो एक दशक देखि दार्चुला जिल्लामा भैसीको व्यापार बढेपछि मानिसहरुले भैसी पाल्न छाडेका हुन् । खास गरी एक दशक पहिले दार्चुला जिल्ला सडक सञ्जालमा जोडिएपछि यहाँका भैसीहरु तराई तिर पठाइन थालेका हुन । 
दार्चुलाबाट भैसीहरु मुख्यतया मासुका लागि तराई पठाइन्छन् । व्याउने भैसीको मूल्य सरदर ५० हजार पर्ने गरेको छ । भैसीको मूल्य आकासिनु, पाल्ने मान्छेको कमि हुनु, र बाँझो भैसीको मूल्य पनि कम्तीमा २० हाजार सम्म पाइन थालेपछि मानिसहरुले भैसी बेच्ने गरेका हुन् । दार्चुला जिल्ला सदरमुकाममा तीन÷चारवटा डेरी पशलहरु रहेका छन् । ती डेरीहरुले जिल्लाका लागि आवस्यक पर्ने दुधको माग धान्न नसेको दार्चुला डेरीका सञ्चालक प्रकाश समान्तले बताए । दिनमा झण्र्ड हजार लिटर सम्म दुध खपत गर्न सकिन्छ तर गाउँबाट दुध नआएपछि बजारका माग धान्न नसकीएका सामन्तले बताए । 
जिल्लामै दुध खपत गर्न सकिने भएपनि प्रयाप्त दुध उपलब्ध नभएपछि कतिपयले भारतको धारचुला बजारबाट प्याकेटमा पाइने दुध किन्ने गरेका छन् । कृषि र पशु पालनको प्रचुर सम्भावना रहेको दार्चुला जिल्लामा आधुनिक तरिकाले पशुपालन कृषि क्षेत्रको विकास गर्न सकिने हो भने धेरैले रोजगारी पाउन सक्नेछन् । 
बेच्नका लागि तयारी अवस्थामा राखिएका भैसिहरु