एक दिनमै हजारको संख्यामा कोरोना संक्रमण देखियो ,संक्रमितको संख्या ४० हजार ५ सय पुग्यो

४ बर्ष अघि

२0७७ भाद्र १६ मंगलवार

एक दिनमै हजारको संख्यामा कोरोना संक्रमण देखियो ,संक्रमितको संख्या ४० हजार ५ सय पुग्यो

काठमाडौ भदौ १६ । नेपालमा मंगलबार १ हजार ६९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १  हजर ६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७ सय ६८ जना डिस्चार्ज भएका छन । मंगलबारसम्म २२ हजार १ सय ७८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । 
देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ ।