अपिहिमालमा फले ईटालियन र गोल्डेन डेलिसियस जातका स्याउ, अब चिन्ता बजारको

४ बर्ष अघि

२0७७ भाद्र १६ मंगलवार

अपिहिमालमा फले ईटालियन र गोल्डेन डेलिसियस जातका स्याउ, अब चिन्ता बजारको

दृष्टिकोण समाचार भदौ १६ दार्चुला ।  दार्चुला जिल्लाको अपिहिमाल गाँउपालिकामा उन्नत जातका स्याउ फलेका छन् । गाउँपालिकाको कृषि शाखा र ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा स्याउखेती गर्न किसानलाई सहयोग गरेपछि किसानको बारीमा स्याउ फलेका हुन् । आर्थिक बर्ष २०७५÷७६ विभिन्न जातका १ हजार ५० बोट र आर्थिक बर्ष २०७६÷७७ मा गोल्डन डेलिसियस १ हजार ६० र ईटालियन जातका गरी २ सय ४० बोट वितरण गरिएको थियो । दुईबर्षको अवधिमा अपिहिमाल गाँउपालिका वडा नं.३ थुम्तीमा लगाएका स्याउहरु फल्न थालेपछि स्थानीय कृर्षक खुसी भएका छन् । कृषि र रोजगारी सृजनाका लागि अहिले अपिहिमाल गाँउपालिकामा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना तेस्रोचरण पनि लागु गरिएको फिल्ड संयोजक पानसिह धामीले बताउनु भयो ।अपिहिमाल गाँउपालिकाका कृर्षकहरुले उत्पादन गरेको स्याउ तथा अन्य कृषिजन्य वस्तुहरुको  बजारीकरण तथा व्यवस्थापनका लागि कृषि संकलन केन्द्र तथा कृषि सहकारीको व्यवस्था मिलाउन स्थानीय कृषक अबराम बोहोराले आग्रह गरेका छन । अपिहिमाल गाँउपालिकाले चालु आवको नीति तथा कार्यक्रमबाटै  दर्ता गरिएका र संस्थागत रुपमा कृषकहरुलाई जोडेर बजेट विनियोजन गरिने गाउँपालिका अध्यक्ष  धर्मानन्द सिह मन्यालले जानकारी दिनु भयो ।