नेपालमा थप  ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुग्यो

४ बर्ष अघि

२0७७ भाद्र १५ सोमबार

नेपालमा थप  ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुग्यो

काठमाडौं भदौ १५ । नेपालमा थप ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४ सय ९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५ सय ९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ । उनीहरुमध्ये २ सय २८ जनाको मृत्यु भएको छ भने २१ हजार ४ सय ९० जना कोरोनामुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा ५ सय ८८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कहाँ कति थपिए संक्रमित 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २९८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना छन् । यस्तै सर्लाहीका १०३ जना, चितवनका ७१, मकवानपुरका ४२, सुर्खेतका ३८, पर्साका ३४, धनुषाका ३१, तनहुँका २६, सुनसरीका २५, बारा र अछामका २३र२३ जना, सप्तरीका २२, मोरङका १९, कैलालीका १६, बाँकेका १४, काभ्रे र गोरखाका १३र१३ जना र रुपन्देहीका ११ जनामा संक्रमण पुष्टि भएको छ ।

संखुवासभा र नवलपुरका ९र९ जना, सिन्धुली र कञ्चनपुरका ७÷७ जना, महोत्तरीका ६, झापा र सिराहाका ५र५ जना, बाग्लुङका ४, कास्की र नवलपरासीका ३र३ जना, दोलखा, रामेछाप, लमजुङ, अर्घाखाँची, बर्दिया र बैतडीका २र२ जना तथा खोटाङ, ओखलढुंगा, रौतहट, धादिङ, सिन्धुपाल्चोक, कपिलवस्तु, पाल्पा, जुम्ला, डोटी र बझाङका १र१ जनामा संक्रमण देखिएको छ ।