नेपालमा पहिलो पटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु  

४ बर्ष अघि

२0७७ भाद्र १५ सोमबार

नेपालमा पहिलो पटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु  

महोत्तरी भदौ १५ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको निधन भएको छ। महोत्तरीको मनरा सिसवा –४ का ४० वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको प्रदेश २ का कोभिड फोकल पर्सन विजयकुमार झाले बताए। उनका अनुसार मृतक एक निजी स्वास्थ्य संस्थामा कार्यरत थिए। उनी भदौ ७ गते बिरामी भएका थिए। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई काठमाडौं ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको हो। मृत्यु भएपछि ललितपुरस्थित बयोधा हस्पिटलमा ल्याई  स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।