मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो

४ बर्ष अघि

२0७७ भाद्र १५ सोमबार

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो

काठमाडौं भदौ १५ । मेक्सिकोमा कोरोना भाइरस ९कोभिड–१९० बाट मृत्यु हुनेको संख्या ६४ हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६४ हजार १५८ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोना भाइरसको कारण ३३९ जनाको मृत्यु भएको छ । अहिलेसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या पनि पाँच लाख ९५ हजार ८४१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोना भाइरसका चार हजार १२९ नयाँ संक्रमित थपिएका हुन् । मेक्सिकोमा पछिल्लो समय कोरोना भाइरसका नयाँ संक्रमित तथा मृत्यु हुनेको संख्यामा कमी आएको छ । यद्यपि सरकारले कोरोना भाइरसका संक्रमितको वास्तविक संख्या आधिकारिक तथ्यांकभन्दा बढी हुन सक्ने बताएको छ ।