पाकिस्तानसँगको दोस्रो टी २० खेलमा इङ्ग्ल्याण्ड ५ विकेटले विजयी

४ बर्ष अघि

२0७७ भाद्र १५ सोमबार

पाकिस्तानसँगको दोस्रो टी २० खेलमा इङ्ग्ल्याण्ड ५ विकेटले विजयी

काठमाण्डौ भदौ १५ ।  घरेलु टिम इङ्ग्ल्यान्डले पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी–ट्वान्टी  क्रिकेटमा जित निकालेको छ । म्यानचेस्टरमा गएराति  भएको खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो । ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । इङ्ग्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले ६६ रनको अर्धशतकीय इनिङ्ग खेले । यस्तै डाविड मालनले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्ग खेले । त्यसबाहेक इङ्ग्ल्यान्डका जोनी बेयर्स्टोले ४४ तथा टम बानटनले २० रन बनाए । पाकिस्तानका शादब खानले ३ तथा हरिस राउफले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । दोस्रो ट्वान्टी–ट्वान्टीमा जित कालेसँगै तीन खेलको सिरिजमा इङ्ग्ल्यान्डले १(० को अग्रता बनाएको छ । दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल भोलि हुनेछ ।